आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेलबाट बाहिर आइसकेका आर्यनका लागि शाहरुखले राख्नेछन् ‘लाइफ कोच’

बुधबार, १७ कात्तिक २०७८, ०८ : ०४
बुधबार, १७ कात्तिक २०७८

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान जेलबाट छुटिसुकेका छन् र अहिले आफ्नै घर मन्नतमा छन् । आर्यनका परिवार उनका लागि निकै चिन्तित छन् । विशेषगरी आर्यनको मानसिक स्वास्थ्यका लागि । गौरी खान जेलको खराब अनुभवको असर आर्यनको दिमागमा नपरोस् भनेर सुनिश्चित गर्न चाहन्छिन् । त्यसैले उनीहरुले आर्यनका लागि लाइफ कोच राख्ने निर्णय गरेका छन् । आर्यन खानले अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य विज्ञबाट काउन्सिलिङ पाउनेछन् ता कि उनले जेलका कडा यादलाई बिर्सन सकून् र आफ्नो जीवनमा सकारात्मकतालाई प्रोत्साहित गर्न सकून् ।

आर्यनको मानसिक स्वास्थ्यबारे आमा–बुवालाई असाध्यै पीरः

शाहरुख खानका निकै नजिकका साथीले इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा भने, ‘आर्यन निकै लजालु बच्चा हो । बाल्यकालदेखि नै आर्यनले लाइमलाइटबाट दुरी स्थापना गरेका छन् । उनलाई क्यामरा फेस गर्न खासै मन पर्दैन । ईद र दिवालीजस्ता पर्वमा पारिवारिक फोटो खिच्नका लागि आर्यनलाई असाध्यै मनाउनुपर्छ । मन्नतमा पनि आर्यन धेरै जनासँग बोल्दैनन् । उनी आफ्ना परिवारका सदस्यका साथै ती सहयोगी कर्मचारीसँग मात्रै बोल्छन् जसलाई उनी बाल्यकालदेखि चिन्दै आएका छन । ड्रग्स मामिलामा उनलाई धेरैले समर्थन त गरे तर उनीमाथि अपशब्द पनि बोलियो । यस्तोमा उनीहरु जेलको नकारात्मक असर पर्न सक्छ नै ।’

कस्तो हुनेछन् आर्यनको लाइफ कोच ?

लाइफ कोचबाट गरिएका विभिन्न अनुमानका अनुसार शाहरुख खान संसारभरीका चर्चित मानसिक स्वास्थ्य विज्ञसँग कुराकानी गरिरहेका छन् र उनले निकै राम्रोसँग अनुसन्धान गरिरहेका छन् । शाहरुख खान चाहन्छन् कि मानसिक स्वास्थ्य विज्ञ यस्ता हुन् जसले युवालाई ह्यान्डल गरेका छन् । शाहरुखले कोचलाई विदेशबाट नै बोलाउने सम्भावना बढी छ । यतिबेला आर्यनको गोपनीयताको विशेष ध्यान दिइएको छ । आर्यन विदेश नगएसम्म उनको काउन्सिलिङ अनलाइन भिडियो कलमार्फत् हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप