आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्लास्टिक सर्जरीले फेरियो कट्रिना कैफको अनुहार, प्रशंसकले भने, ‘बटक्स क्विन’

बुधबार, १७ कात्तिक २०७८, ०८ : ३९
बुधबार, १७ कात्तिक २०७८

बलिउड नायिका जवान देखिनका लागि वर्षौंदेखि प्लास्टिक सर्जरीको सहारा लिँदै आइरहेका छन् । यस्ता थुप्रै नायिका छन् जसले आफ्नो सुन्दरता बढाउनका लागि प्लास्टिक सर्जरी गराए र करोडौंमा आफ्नो जादु बिछ्याउन सफल भए । नायिका कट्रिना कैफको नाम पनि अब यो सूचीमा जोडिएको छ । कट्रिना कैफले एक म्यागजिनक लागि फोटोसुट गराएकी छिन् जसको कभरपेजमा उनको अनुहार फेरिएको जस्तो देखियो । प्रशंसकले यो परिवर्तन नोटिस गरे र उनलाई मज्जाले ट्रोल पनि गरिरहेका छन् ।

कट्रिना कैफलाई प्लास्टिक सर्जरीका लागि ट्रोल गर्नेहरुले उनीहरुलाई बोटोक्स क्वीनको उपाधिसमेत दिए । एक ट्रोलले कमेन्ट गरेर लेखेका छन्, ‘कट्रिनाले त्यतिबेला विवाह गर्नेछिन्, जब उनलाई आफ्नो अनुहारको प्लास्टिक सर्जरी हुन सक्दैन भन्नेकुरा थाहा हुन्छ । त्यतिबेलासम्म उनी कथित प्रेमिका  मात्रै हुनेछिन् ।’ अर्का ट्रोलले कमेन्टमा लेखेका छन्, ‘यार, यसलाई के भयो... यसले पनि बोटक्स गराइन्...।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Katrina Kaif (@katrinakaif)

नायिका कट्रिना कैफ आजकाल आफ्नो विवाहको खबरका कारण पनि मिडियामा छाएकी छिन् । खबरका अनुसार कट्रिना कैफले छिट्टै कलाकार विक्की कौशलसँग विवाह गर्ने सम्भावना छ । दुबैले विवाहका लागि राजस्थान छानेका छन् । हालसम्म उनीहरुले यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् । तर भित्री स्रोतकमा अनुसार उनीहरु एक दरबारमा विवाह गर्नेछन् ।

कट्रिना कैफको आउँदो फिल्म सूर्यवंशीको कुरा गर्ने हो भने यसको प्रोमोशन जोडतोडका साथ चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप