मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सयपत्रीले सुनौलो बन्यो बतासे डाँडा, तस्बिरमा हेर्नुहोस्

बुधबार, १७ कात्तिक २०७८, १० : ०५
बुधबार, १७ कात्तिक २०७८

तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । के सहर के गाउँ, त्यसैले त तिहारको समयमा जताजतै फूलैफूल देख्न सकिन्छ । घर आँगनदेखि बारीहरु ढकमक्क बनेको छ धेरैको बस्तीहरु । कतिपयले तिहारकै लागि भनेर व्यावसायिक रुपमा पनि फूलको खेती गरेको पाइन्छ । त्यही फूल अहिले किसानलाई टिप्न, उन्न र बजारसम्म पु-याउन भ्याइनभ्याइ छ । 

राजधानीको काँठक्षेत्रमा पर्ने नागार्जुन नगरपालिकास्थित ह्वाइट गुम्बा नजिकैको बतासे डाँडामा पनि व्यावसायिक रुपमा फूल खेती गरिएको छ । त्यसभेगमा गरिएको फूलखेतीले बतासेडाँडा क्षेत्र नै पहेँलपुर देखिन्छ । फूल जति सुन्दर छ, त्यतिनै सुनौलो र सुन्दर देखिन्छ बतासे डाँडा क्षेत्र । 

स्थानीयले लगाएको सयपत्री फूल अहिले टिपेर बजारसम्म लैजान व्यस्त छन्, किसानहरु । आफूहरुले खेती गरेको फूलको राम्रो माग रहेको बताउँदै उनीहरुले तिहारको मुखमा राम्रो आन्दानी हुने देखिएकोप्रति खुसी देखिन्छन् । 

अघिल्लो वर्ष कोरोनाका कारण व्यवसाय प्रभावित भएपनि यो पटक खासै असर नभएको बताउँदै उनीहरुले मालाको मूल्य पनि राम्रो रहेको बताउँछन् । राजधानीको काँठ क्षेत्रमा पछिल्लो समय फूल खेती फस्टाउँदै गएको पाइन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप