आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सैफले गाली मात्रै गर्छन् र अमृताले पोर्न साइट चलाउँछिन् : यसकारण आमाबुवाबारे यस्तो सोच्थिन् सारा

बुधबार, १७ कात्तिक २०७८, १० : ५८
बुधबार, १७ कात्तिक २०७८

बलिउड अभिनेत्री सारा अली खान आफ्नो बिन्दास व्यवहारका लागि परिचित छिन् । सोसल मिडियामा उनी निकै सक्रिय हुन्छिन् र आफ्नो सुन्दर तस्बिर सेयर गरिरहन्छिन् । सारा कुनै पनि मुद्दामा खुलेर आफ्नो विचार राख्छिन् । यहाँसम्म कि उनले आफ्ना आमाबुवा र दुईबीचको सम्बन्धविच्छेदबारे पनि खुलेर कुरा गरिसकेकी छिन् । सैफसँग छुट्टिएपछि अमृताले नै दुबै बच्चा हुर्काउने काम गरिन् । त्यसैकारण सारा आफ्नी आमासँग निकै नजिक छिन् ।

आमाबुवालाई खराब ठान्थिन् सारा अली खानः

हालै उनले अर्को एउटा खुलासा गरिन् जसमा उनले बाल्यकालमा आफ्ना आमाबुवाबारे के सोच्थिन् त्यसबारे जानकारी दिएकी छिन् । वास्तवमा सारा अली खानलाई लाग्थ्यो कि उनका पिता सैफ अली खानलाई लाग्थ्यो कि उनका पिता सैफ अली खान गाली मात्रै गर्छन् र आमा अमृता एउटा पोर्न साइट चलाउँछिन् । उनलाई लाग्थ्यो कि सैफ र अमृत वास्तविक जीवनमा असाध्यै खराब व्यक्ति हुन् । साराले आफ्ना आमा बुवाबारे यस्तो सोच्नुको कारणबारे पनि जानकारी दिइन् ।

वास्तावमा साराले बाल्यकालमा पिताको फिल्म ‘ओमकारा’ हेरेकी थिइन् । सन् २००६ मा रिलिज भएको यो फिल्ममा सैफले लंगडा त्यागी नामको खलनायकको भूमिका निभाएकी थिइन् । यो फिल्ममा सैफबाहेक अजय देवगन, करिना कपुर खान, कोंकणा सेन शर्मा र विवेक ओबरोय देखिएका थिए । यस्तै यसअघि सन् २००५ मा रिलिज भएको थ्रिलर फिल्म ‘कलयुग’ मा अमृता सिंह, कुणाल खेमुका साथै थुप्रै कलाकार देखिएका थिए ।

भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा साराले यी दुई फिल्म हेरेपछि उनीहरुमाथि के असर परेको थियो भन्ने जानकारी पनि दिइन् । साराले भनिन्, ‘बाल्यकालमा मैले ओमकारा र कलयुग हेरेको याद छ र त्यसपछि मलाई लागेको थियो कि मेरा आमाबुवा कत्ति खराब छन् । मलाई लाग्थ्यो कि अब्बाले गलत भाषा प्रयोग गर्दथे र आमा पोर्न साइट चलाउँछिन् । र त्यतिबेला म साँच्चै नै त्यस्तै सोच्थेँ ।’

साराले थपिन्, ‘एउटै वर्ष दुबैलाई बेस्ट एक्टर इन नेगेटिभ रोलमा नोमिनेट गरिँदा म चकित परेँ ।’

साराले भनिन्, ‘म सधैं आमासँग निकै नजिक रहेकी छु । म सधैं कुनै कुराबारे बढी जान्ने र सधैं प्रेरित भएर बस्ने कोसिस गर्छु । यी सबै गुण मैले कुनै ट्युटर, घर वा जिम ट्रेनरबाट सिकेकी होइन ।’

साराले थप्छिन्, ‘म यस्तो खालको व्यक्ति हुँ जसलाई पाँच पुशअप्स बढी गर्न मनपर्छ, जसलाई केमेस्ट्रिको थप नयाँ च्याप्टर पढ्नुपर्छ र स्क्रिप्टबारे थप एकपटक सुन्नुपर्छ । यो साँचो हो कि जीवनको स्थितिले धेरै कुरा परिवर्तन गरिदियो । म अब धेरै कुरामा थप राम्रो हुँदै गइरहेकी छु ।’

स्मरण रहोस्, साराले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी सिम्बा, लभ आजकल टु र कुली नम्बर वनमा देखिइसकेकी छिन् । सारा निकै चाँडै ‘अतरंगी रे’ मा देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप