आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

बुधबार, १७ कात्तिक २०७८, १६ : ५९
बुधबार, १७ कात्तिक २०७८

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले व्यक्ति हत्याका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गर्न सफल भएको छ । साविक जलुके गाविस–४ हाल सितगंगा नगरपालिका–७ का खिमबहादुर पुलामीलाई फरार रहेको २२ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत अर्घाखाँचीले २०५६ साल असार १८ गते  पुलामी सहितका ४ जनालाई कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अमर थापाका अनुसार पुलामीसहित ४ जनाको साङ्घातिक आक्रमणबाट स्थानीय भीमबहादुर क्षेत्रीको निर्मम हत्या गरिएको थियो । हत्यामा संलग्नमध्ये दुई जनाको मृत्यु भइसकेको छ ।

हालसम्म फरार पुलामीलाई प्रहरीले कार्तिक १६ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजकै घर नजिकबाट पक्राउ गरेको जनाइएको छ । पुलामीलाई अदालतमा पेस गरी कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप