नेप्सेमा झिनो अंकको वृद्धि, भयो साढे ६ अर्बको कारोबार
बुधबार, १७ कात्तिक २०७८, १७ : ४२
बुधबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक नेप्सेका अनुसार आज ५.२२ अंकले बढेर नेप्से २८ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । तर, आज यता ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स भने ऋणात्मक बन्न पुगेको छ । नेप्सेका अनुसार सेन्सेभिट इन्डेक्स ०.३४ अंकले घटेर आज ५३१ दशमलब ०८ विन्दुमा झर्न पुगेको छ ।
यसदिन होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र लगानीको क्षेत्र बाहेक सबै उपसूचकहरु धनात्मक भएका छन् । ५ अंकले बढेको बजारमा आज ६ अर्ब ५५ अर्बको कारोबार भएको छ ।