आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पटाकासहित भारतीय नागरिक पक्राउ

बुधबार, १७ कात्तिक २०७८, २१ : ३३
बुधबार, १७ कात्तिक २०७८

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

नगरकोटी मृत भेटिए
यता काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा नाखनटोलका ४९ वर्षीय लक्ष्मण नगरकोटी आज मृतावस्थामा फेला परेका छन् । सोही ठाउँमा धान उठाउन गएका उनी राति घर नआएपछि खोजी गर्ने क्रममा नजिकै शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप