बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक युवक बडिगाड खोलामा मृत फेला

बिहीबार, १८ कात्तिक २०७८, ०६ : ५१
बिहीबार, १८ कात्तिक २०७८

गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको  छ । बागलुङको  बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् ।

कात्तिक ९ गते  दशैंको  पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२सिमलचौरदेखी मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा खसे बेपत्ता भएको  प्रहरीलाई जानकारी दिएको थियो ।

सोही अनुरुप  ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रमममा बुधबार  उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप