बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक

बिहीबार, १८ कात्तिक २०७८, १० : ४४
बिहीबार, १८ कात्तिक २०७८

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरे । उनले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा सम्पत्तिका रूपमा रहने बताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोसेढुङ्गा सावित भएको चर्चा गर्दै उनले यसलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने बताए । भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिए । उनले भने, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताए ।

कार्यक्रममा साहित्यकार डा.केशवराज  चालिसे, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ, एलबी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डिआर पोखरेललगायतले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनीय भूमिकासँगै साहित्य र कलाको क्षेत्रमा गरेको कामको बारेमा चर्चा गरेका थिए ।  साहित्य र सिर्जना समाज र देशको साझा सम्पत्ति हुने बताउँदै प्रस्तावित भरतपुर प्रज्ञाप्रतिष्ठान गठनसँगै यस क्षेत्रको कला साहित्यको प्रवद्र्धन र सर्जकको सम्मान हुने उनीहरुको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप