आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अजय देवगनका कारण अविवाहित भइन् तब्बू, यी अभिनेतालाई गर्थिन् अत्यधिक प्रेम

बिहीबार, १८ कात्तिक २०७८, १२ : ०२
बिहीबार, १८ कात्तिक २०७८

तब्बू हिन्दी फिल्म जगतकी उत्कृष्ट अभिनेत्रीमध्ये एक हुन् । चाँदनी बारको कुरा होस् वा मकबूल वा हैदर, तब्बूले आफ्नो अभिनयमार्फत् देश–विदेशका प्रशंसकलाई आफ्नो प्रशंसक बनाएकी छिन् । ४ नोभेम्बर सन् १९७१ मा हैदराबादमा जन्मिएकी अभिनेत्रीको पूरा नाम तबस्सुम हाशमी हो । उनी सानै हुँदा उनकी आमा रिजवान र पिता जमाल हाशमीको सम्बन्धविच्छेद भएको थियो ।

सधैं चर्चामा छाइन् तब्बूः

विभिन्न कारण होस् वा साउथ सुपरस्टार नागार्जुनसँग अफेयर, तब्बूको नीजि जीवन सधैं चर्चामा रहेको छ । अभिनेत्री बिहिबार आफ्नो ५१ औं जन्मदिन मनाइरहेकी छिन् । तब्बू एक सफल फिल्म अभिनेत्री हुन् जसले लगभग सन् १९८० देखि फिल्म इन्डष्ट्रिमा काम गरिरहेकी छिन् । उनको जन्मदिनको मौकामा उनको करियर र नीजि जीवनका केही पाटोबारे जानकारी लिऔं ।

हैदराबादबाट पूरा गरिन् स्कूले शिक्षाः

तब्बूकी आमा एक विद्यालयकी शिक्षिका थिइन् । उनले हैदराबादको सेन्ट एन्स हाई स्कूलमा अध्ययन गरेकी हुन् । सन् १९८३ मा तब्बू मुम्बई आइन् जहाँ उनले सेन्ट जेभियर्स कलेजमा दुईवर्षसम्म पढिन् । त्यसपछि उनले बलिउडमा कदम राखिन् । नायिकालाई बलिउडमा ल्याउने श्रेय देव आनन्दलाई जान्छ जसले आफ्नो फिल्म ‘हम नौजवान’ मा तब्बूलाई मौका दिए ।

तब्बूले पहिलो ठूलो ब्रेक फिल्म प्रेममा पाइन् । बोनी कपुरद्वारा निर्मित यो फिल्म पूरा हुन करिब ८ वर्ष लाग्यो । फिल्ममा तब्बूसँग सञ्जय कपुर मुख्य भूमिकामा थिए । तर फिल्मले बक्स अफिसमा खासै केही राम्रो गर्न सकेन । त्यति नै बेला उनी ‘पहला पहला प्यार’ मा पनि देखिएकी थिइन् तर यो फिल्म पनि हिट भएन । तब्बू सन् १९९४ मा विजयपथबाट चर्चामा आइन् । अजय देवगन र तब्बूद्वारा अभिननिय यो फिल्म वर्षको सबैभन्दा उत्कृष्ट फिल्म रह्यो । उनले आफ्नो शानदार प्रदर्शनका लागि फिल्मफेयर सर्वश्रेष्ठ नायिकाको डेब्यू पुरस्कार पनि जितिन् ।

यसकारण भएन तब्बूको विवाहः

तब्बूले अहिलेसम्म किन विवाह गरिनन्, यसको जवाफ उनी आफैंले एउटा अन्तरवार्ताका बेला दिइन् । आफ्नो विवाह नहुनुमा सबैभन्दा ठूलो कोरण अजय देवगन भएको उनले बताइन् । वास्तवमा तब्बूका कजिन भाइ समिर आर्या र अजय देवगत नायिकाका छिमेकी थिए । तब्बूलाई भेट्ने हरेक पुरुषमाथि उनीहरुको निगरानी हुन्थ्यो । उनीहरुले दिएको जानकारी अनुसार कोही पुरुष तब्बूको वरिपरि देख्दा पनि यी दुईले ती व्यक्तिमाथि कुटपिट गर्दथे । त्यसैले अहिलेसम्म आफ्नो विवाह हुननसकेको उनले बताए ।

नागार्जुनसँग बस्यो प्रेमः

तब्बूको नाम साउथ स्टार नागार्जुनसँग जोडिइसकेको छ । यी दुईले करिब १५ वर्षसम्म एक अर्कालाई डेट गरे तर यो सम्बन्ध विवाहसम्म पुग्न सकेन । नागार्जुन पहिले नै विवाहित थिए र उनी आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद पनि गर्न चाहँदैनथे त्यसैले यी दुई  अलग्गिए । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार तब्बू नागार्जुनका लागि यति सिरियस थिइन् कि उनले हैदराबादमा घरसमेत किनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप