स्वास्थ्य व्यवसायी परिषदद्वारा दोस्रो लाइसेन्स परीक्षाको फारम खुल्ला
बिहीबार, १८ कात्तिक २०७८, १३ : १३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षाका लागि फारम खुल्ला गरेको छ । आगामी ८, ९ र १० पुसमा लिइने परीक्षाका लागि परिषद्ले सूचना जारी गरेको हो ।
गत २१, २२ र २३ भदौमा परिषद्ले पहिलो दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा अनुत्तीर्ण हुने र अनुपस्थित हुने विद्यार्थीलाई समेत मध्यनजर गरी अनलाइन फारम भर्न आग्रह गरेको छ ।
परिषद्का अनुसार १६ कात्तिकदेखि १५ मंसिरसम्म दिन दोस्रो लाइसेन्स परीक्षाका लागि आवेदन सकिनेछ । दोब्बर दस्तुर तिरेर २० मंसिरसम्म आवेदन दिन सकिने परिषदले जनाएको छ ।