काठमाडौंमा फूलमाला व्यापारको चहलपहल (फोटोफिचर)
बिहीबार, १८ कात्तिक २०७८, १५ : ४९
काठमाडौंको ब्यस्त शहर न्युरोड, असन लगायतका शहरमा फूल र माला किन्नेहरूको चहलपहल बढेको छ । भाइटिकाको दिन चेलीबेटीले आफ्ना दाजुभाइलाई फूलको माला पहिराउने र पुज्ने गर्दछन् ।
चेलीबेटीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै माला लगाइदिने प्रचलन रहेको छ । काठमाडौंका विभिन्न स्थानका सडक पेटीहरूमा फुल र माला किन्नेको भीड लागेको देख्न सकिन्छ ।