मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको गौरीघाटमा छठको तयारी, तस्बिरमा हेर्नुहोस्

आइतबार, २१ कात्तिक २०७८, १२ : ११
आइतबार, २१ कात्तिक २०७८

हिन्दु नेपालीको पर्व तिहार सकिएसँगै अर्को पर्व छठको रौनक सुरु भएको छ । विशेषगरी तराई भूभागमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत कतिपयले मनाउन थालेका छन् । 
छठकै लागि राजधानीको गौरीघाटमा तयारी थालिएको छ । छठी माताको पूजाका लागि गौरीघाटमा ‘छठघाट’ निर्माणको काम धमाधम भइरहेको छ । 

सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ ।  बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन् । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ ।

आजबाट ‘अरबा–अरबाइन’ गरेका बर्तालुले भोलि अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप