सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धेरैजसो विदेशी मुद्राको विनिमयदर घट्यो, नेपाली रुपैयाँ बलियो

मङ्गलबार, २३ कात्तिक २०७८, १० : २६
मङ्गलबार, २३ कात्तिक २०७८

आज नेपालमा अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । वैदेशिक आय उपयोग गर्नेले वैदेशिक मुद्रा साट्दा हिजोभन्दा आज कम नेपाली रुपैयाँ पाउनेछन् । विदेशी मुद्रा साट्दा कम रुपैयाँ पाउनुको अर्थ नेपाली रुपैयाँ बलियो हुनु हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो यो मुद्राको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा तोकिएको थियो ।

चिनियाँ युआनको पनि विनिमयदर घटेको छ । हिजो युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा निर्धारण गरेको केन्द्रीय बैंकले आज खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा तोकेको छ ।

यूरोपेली मुद्रा यूरोको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा, बेलायती पाउण्ड स्र्टेलिङको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ १७ पैसा तथा स्वीस फ्य्राङ्क एकको खरिददर १२९ रुपैयाँ १३ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यी सबै मुद्राको विनिमयदर हिजोको तुलनामा आज घटेको हो ।

केन्द्रीय बैंकले आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९१ पैसा तोकिएको छ । क्यानेडियन डलरको खरिदद आज ९४ रुपैयाँ ९० पैसा र बिक्रीदर ९५ रुपैयाँ ३८ पैसा तोकेको छ । अष्ट्रेलियन डलरको भाउ बढेको हो भने क्यानेडियन डलरको घटेको हो ।

सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा, जापानी ऐन १० को खरिददर १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । यी तीनवटै मुद्राको भाउ घटेको छ ।

कतारी रियाली एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ । यसैगरी थाई भाट एकको तीन रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन रुपैयाँ ५९ पैसा, यूएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तथा मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । यी सबै मुद्राको भाउ नेपालमा हिजोभन्दा आज घटेको छ ।

दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ तीन पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा निर्धारण गरेको केन्द्रीय बैंकले कुबेती दिनारको खरिददर ३९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.13 118.73

EUR (European Euro)

1 136.56 137.25

GBP (UK Pound Sterling)

1 159.36 160.17

CHF (Swiss Franc)

1 129.13 129.79

AUD (Australian Dollar)

1 87.46 87.91

CAD (Canadian Dollar)

1 94.90 95.38

SGD (Singapore Dollar)

1 87.54 87.98

JPY (Japanese Yen)

10 10.42 10.47

CNY (Chinese Yuan)

1 18.47 18.57

SAR (Saudi Arabian Riyal)

1 31.50 31.66

QAR (Qatari Riyal)

1 32.44 32.61

THB (Thai Baht)

1 3.57 3.59

AED (UAE Dirham)

1 32.16 32.33

MYR (Malaysian Ringgit)

1 28.43 28.58

KRW (South Korean Won)

100 9.98 10.03

SEK (Swedish Kroner)

1 13.74 13.81

DKK (Danish Kroner)

1 18.36 18.45

HKD (Hong Kong Dollar)

1 15.17 15.24

KWD (Kuwaity Dinar)

1 391.47 393.46

BHD (Bahrain Dinar)

1 313.33 314.93

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप