आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नग्न हुने दाबी गरेपछि चर्चामा आएकी थिइन् पुनम पाण्डे : भनेकी थिइन्, ‘म सती सवित्री होइन’

मङ्गलबार, २३ कात्तिक २०७८, १३ : ०३
मङ्गलबार, २३ कात्तिक २०७८

नायिका पुनम पाण्डे एकपटक पुनः चर्चामा छिन् । पुनममाथि उनका श्रीमान् स्याम बम्बेले कुटपिट गरेको खबर छ । अस्पतालमा भर्ना पुनम पाण्डेले आफ्ना श्रीमानलाई जेल पठाएकी छिन् । यसअघि पनि पुनमका श्रीमानले जेलको हावा खाइसकेका छन् । पुनम आफ्नो विवाह, बोल्ड तस्बिर, विवादित बयानका कारण चर्चामा छाइरहन्छिन् ।

नग्न हुने दाबी गरेर चर्चामा आएकी थिइन् पुनम पाण्डेः

पुनम पाण्डे त्यतिबेला चर्चाम आएकी थिइन् तब उनले नग्न हुने घोषणा गरेकी थिइन् । कुरा सन् २०११ को हो । त्यतिबेला सबैको नजर क्रिकेट विश्व कपमा भारतको प्रस्तुतीमा अडिएको थियो । त्यति नै बेला पुनम पाण्डेले यस्तो दाबी गरिन् जसका कारण उनको व्यापक चर्चा हुनथाल्यो । पुनमले टिम इन्डियाले विश्वकप जिते आफू नग्न हुने घोषणा गरिन् । पुनमको यो दाबीले सोसल मिडियामा तहल्का नै मच्चाइदियो । उनी सोसल मिडियाको सेन्सेशन बनिन् । पुनमले बीसीसीआईलाई यसबारे पत्रसमेत लेखिन् । बीसीसीआईले पुनमलाई यस्तो क्रियाकलापका लागि अनुमति दिएन ।

जब पुनमले सेयर गरिन् अर्धनग्न फोटोः

सन् २०१६ मा पुनम पाण्डेले टिम इन्डियाले बंगलादेशलाई हराएपछि आफ्नो अर्धनग्न फोटो सेयर गरिन् । पुनमको यो फोटोमा बेस्सरी बबाल भयो । पुनमको यो फोटो सोसल मिडियामा असाध्यै ट्रेन्ड भयो । त्यसबेलादेखि अहिलेसम्म पुनम पाण्डेको बोल्ड र इरोटिक तस्बिर–भिडियो सेयर गर्ने सिलसिला जारी छ ।

 


जब पुनमले भनेकी थिइन्, ‘म सती सावित्री होइन’

त्यसै वर्ष सन् २०१६ मा पुनम पाण्डे आफ्नो अर्को बयानका लागि मिडियाको हेडलाइनमा बस्न सफल भइन् । फिल्म विरप्पनको प्रिमियरमा पुनमलाई आफूलाई विवादबाट टाढा राख्नेबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भनेकी थिइन्, ‘मेरो फिल्मको घोषणा मैले यसै हप्ता गर्दै थिएँ त्यसैले शान्त थिए । सोचेँ विवादबाट एक कदम पछि नै हटूँ... सती सावित्री होइन किनभने यो मलाई सुहाउँदैन ।’

पुनम पाण्डे पछिल्ला दिन राज कुन्द्राका कारण पनि चर्चामा थिइन् । पुनम पाण्डेले राज कुन्द्रामाथि गम्भीर आरोप लगाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप