आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुज अभियानमा बाबुरामको दौडधूप जारी

बुधबार, २४ कात्तिक २०७८, ०९ : १७
बुधबार, २४ कात्तिक २०७८

सोमबारदेखि गोरखाबाट सुरु भएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुज अभियानमा जिल्ला विभिन्न भागमा पुगेर स्थानीय जनतासँग छलफल तथा अन्तरक्रिया गरेका छन् । सुज अभियानको पहिलो कार्यक्रम गण्डकी गाउँपालिकाको वडा नम्बर ८ वरफेरीमा भयो । पहिलो दिनको गण्डकी गाउँपालिका तोरी स्वारा, वेनीगाउँ, रामपुर, दरबुङफाँटमा पनि अन्तरक्रिया आयोजना गरिएको थियो ।

अभियानको दोस्रो दिन गण्डकी गाउँपालिकाको वडा नम्बर ३,४ ढकालगाउँ, ३ आमडाँडा, याङ्दी हुँदै सहिद लखन गाउँपालिकाको घैरुङ, नाम्जुङ र भीमसेन थापा गाउँपालिकाको क्यामुङटार, पिपलटारमा भट्टराईले जनतासँग साक्षात्कार गरेका थिए । क्यामुङटारको पाटनदेवी माध्यमिक विद्यालयको चौरमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता दिलबहादुर कुमालले बाबुरामसँग गोर्खालीको भाग्य र भविष्य जोडिएको बताए । पाटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कुमालले स्थानीयको प्रतिनिधित्व गरेर बूढीगण्डकी आयोजना, त्यसले पार्ने प्रभाव, किसानका समस्यालगायतका विषयमा बोलेका थिए ।

 

सुज अभियानको दोस्रो दिन बास बस्न भीमसेन थापा गाउँपालिका पिपलटार आइपुगेका बाबुरामसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा स्थानीय खुसी देखिन्थे । त्यहाँ पनि भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र श्रेष्ठलगायका स्थानीय एमसीसी बूढीगण्डकीलगायत राष्टिय मुद्दाहरूमा बाबुरामसँग जिज्ञासा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप