सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जना जिउँदै जले

बुधबार, २४ कात्तिक २०७८, १३ : ३८
बुधबार, २४ कात्तिक २०७८

राजस्थानको बाडमेरस्थित बाडमेर–जोधपुर हाइवेमा बुधबार ठूलो दुर्घटना भएको छ । यहाँ, बस र ट्याङ्कर ठोक्किँदा ट्याङ्कर र बसमा आगो लाग्यो, जसकारण १२ जना जिउँदै जले । हाइवेमा गलत दिशाबाट आएको ट्याङ्करले बसलाई ठक्कर दिएको हो । घटनामा अन्य धेरै मानिसहरु घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार बसमा २५ जना सवार थिए । ट्याङ्करसँग ठोक्किने बित्तिकै बसमा आगो लागेको थियो । केही व्यक्तिहरु बसको सिसा तोडेर बाहिर निस्कन सफल भए  । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी १० जना मानिसहरुलाई बाहिर निकालेको थियो । 

यो बस बिहान झन्डै १० बजे बालोतराबाट हिँडेको यात्रुहरुले बताए । हाइवेमा गलत दिशाबाट आइरहेको ट्याङ्करले बसलाई ठक्कर दियो । बस जलेर नस्ट भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप