आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेता राजकुमार रावले प्रेमिका पत्रलेखासँग आज विवाह गर्दै ?

बुधबार, २४ कात्तिक २०७८, १३ : ५९
बुधबार, २४ कात्तिक २०७८

बलिउडका लभबर्डस् राजकुमार राव र पत्रलेखा आफ्नो सम्बन्धलाई नयाँ नाम दिने तरखरमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार यी दुई विवाह बन्धनमा बाधिँदैछन् । खबरका अनुसार राजकुमार र पत्रलेखा १० नोभेम्बर अर्थात् आज चन्दीगढमा विवाह गर्दैछन् । यी दुईको विवाह समारोह १०–१२ नोभेम्बरसम्म चल्नेछ ।

इटाइम्सको रिपोर्ट अनुसार यो जोडीले चन्डीगढमा पारम्परिक रिति रिवाजले विवाह गर्दैछन् । सुरुमा यी दुईले जयपुरमा विवाह गर्ने भनिएको थियो तर अब चन्डीगढमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । विवाहमा यी दुईले थोरै मात्र पाहुना बोलाएका छन् । फिल्मी क्षेत्रका निकै कम व्यक्तिमात्रै पाहुनाको रुपमा उपस्थित हुनेछन् । राजकुमार र पत्रलेखाले भने अहिलेसम्म आफ्नो विवाहबारे कुनै जानकारी दिएका छैनन् ।

सन् २०१० देखि सम्बन्धमा छन् राजकुमार–पत्रलेखाः

राजकुमार राव र पत्रलेखा सन् २०१० देखि डेटिङ गरिरहेका छन् । उनीहरु केही समयदेखि सँगै बसिरहेका पनि छन् । ह्यूमन्स अफ बम्बेसँग कुराकानीमा पत्रलेखाले उनले राजकुमारलाई फिल्म लभ सेक्स और धोखामा पहिलो पटक स्क्रिनमा देखेको बताइन् । यो फिल्म सन् २०१० मा रिलिज भएको थियो । फिल्ममा राजकुमार रावलाई देखेर पत्रलेखालाई उनी वास्तविक जीवनमा पनि यस्तै अचम्मका होलान् भन्ने लागेको थियो । तर राजकुमार बारे पत्रलेखाको धारणा केही दिनमा नै गलत साबित भयो ।

पत्रलेखालाई पहिलो पटक टिभीको विज्ञापनमा देखेरै राजकुमार राव घाइते भइसकेका थिए । त्यति नै बेला उनले पत्रलेखासँग विवाह गर्ने सोच बनाइसकेका थिए । यी दुईबीच क्रमशः दोस्ती सुरु भयो र दोस्ती प्रेममा परिणत भयो । यी दुई सँगै घुम्ने, लामो यात्रामा जाने, फिल्म हेर्न जान थाले । यी दुई एक–अर्काको अडिसनमा पनि जान थाले । राजकुमार र पत्रलेखाले हंसल मेहताको फिल्म सिटिलाइट्समा सँगै काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप