आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विवाहको पहिलो रात तपाईंले के गर्नुभयो ?’ प्रश्नमा भड्किइन् नायिका

शुक्रबार, २६ कात्तिक २०७८, १० : १६
शुक्रबार, २६ कात्तिक २०७८

नायिका रचिता रामले हालै एक पत्रकारको प्रश्नको जवाफको कडा जवाफ फर्काउँदै उनलाई नै मुश्किलमा पारिदिएकी छिन् । वास्तवमा डिम्पल क्विनको नामले चर्चित रचितालाई पत्रकारले फिल्ममा बोल्ड सीन दिनुपरेको कारणबारे सोधे । तर रचिताले ‘विवाहको पहिलो रात के गर्नुभएको थियो ?’ भनेर प्रश्न सोधिन् । पक्कै पनि यो निकै नीजि र सोध्नका लागि निकै भयानक प्रश्न थियो तर रचिताले यस्तो प्रश्न किन गरिन् त यसबारे जानकारी लिऔं ।

नायिकालाई पत्रकारले सोधे यस्ता प्रश्नः

पत्रकारले रचिताद्वारा एक फिल्मका लागि गरेकी निकै इन्टिमेट सीनबारे प्रश्न सोधेका थिए किनभने नायिकाले आफूले कहिल्यै पनि यस्तो प्रकारको सीन नगर्ने बताएकी थिइन् । जब ‘लभ यु रच्चू’ को प्रोमोशनका बेला नायिकाले उनको बचन तोडेर इन्टिमेट सीन दिएको बारे प्रश्न सोधियो तब उनी भड्किइन् ।

भाइरल भइरहेको छ नायिकाको इन्टिमेट सीनः

प्रश्नको जवाफमा रचिताले फिल्म र स्क्रिप्टको जे माग थियो आफूले त्यहि गरेको बताइन् । स्मरण रहोस् ‘लभ यु रच्चू’ बाट रचिता र अजय रावको बोल्ड दृश्य भाइरल भएको छ । प्रशंसकले रमाइलो मान्दै यी दृश्यलाई एक–अर्कासँग सेयर गरिरहेका छन् । र यसैबारे प्रश्न सोध्दा नायिकाको पारो निकै माथि चढ्यो ।

विवाहपछि तपाईंले के गर्नुभयो ?

नायिकाले रिसमा पत्रकारलाई नै उल्टै प्रश्न सोधिन् । उनले भनिन्, ‘यहाँ धेरैजसो मानिस विवाहित हुनुहुन्छ । मेरो कसैलाई पनि लज्जित गर्ने उद्देश्य होइन । म सामान्य तरिकाले तपाईंहरुलाई यत्तिकै सोधिरहेकी मात्रै हुँ... मलाई भन्नुहोस् त विवाहको पहिलो रात मानिसहरु के गर्छन् ? तपाईंले विवाहको पहिलो रात के गर्नुभएको थियो ?’

नायिकाको प्रश्नको जवाफ पत्रकार सम्मलेनमा उपस्थित कसैले पनि दिएनन् ।

के थियो एडल्ड सीन गर्नुको कारण ?

रचिताले आफ्नो कुरा पूरा गर्दै भनिन्, ‘उनीहरु रोमान्स गर्छन्, होइन त ? फिल्लमा पनि यहि देखाइएको छ ।’

बोल्ड सीन गरेको बारे नायिकाले पहिला पनि स्पष्टिकरण दिँदै भनिसकेकी छिन् कि ‘यदि मैले सीन गरेकी छु भने त्यसको कुनै कारण छ । यो तपाईंलाई फिल्म हेरेपछि थाहा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप