आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कंगनाको पद्मश्री सम्मान फिर्ता लिन माग

शुक्रबार, २६ कात्तिक २०७८, १३ : २४
शुक्रबार, २६ कात्तिक २०७८

बलिउड नायिका कंगना रनोटले देशको स्वतन्त्रताका लागि दिएको बयानमाथि विवाद बढ्दै गइरहेको छ । शुक्रबार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा महाराष्ट्र सरकारमा मन्त्री नवाब मलिकले आफ्नो दैनिक पत्रकार सम्मेलनमा कंगनामाथि निशाना साँधेका छन् ।

मलिकले नायिकाबाट पद्मश्री पुरस्कार फिर्ता लिएर उनीविरुद्ध मुद्दा दर्ता गर्न माग गरेका छन् । मलिकका अनुसार कंगनाले ती स्वतन्त्र संग्राम सेनानीको अपमान गरेकी छिन् जसले देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान दिएका छन् । क)गनाले मलाना क्रिम (हिमाचली ड्रग) को ओभरडोज लिएर यस्तो बयानबाजी गरिरहेको मलिकले आरोप लगाएका छन् ।

के हो मलाना क्रिम ?

हिमाचल प्रदेशको कुल्लू जिल्लामा मलाना घाटीबाट आउने चरेस वा गाँजालाई मलाणा क्रिम भनिन्छ । चरेसलाई हिमाचल प्रदेशका स्थानीयले भाङ पनि भनिन्छ । यसलाई गाँजाको बोटबाट निकालिन्छ । यो बोट प्राकृतिक रुपमा नै उम्रन्छ र यहाँ यसको अवैध खेती पनि गरिन्छ । यहाँ एउटा एक्लो गाउँ छ – मलाना । यहाँ गाँजाको बोटबाट निकालिने तत्व चिल्लो क्रिम जस्तो हुन्छ त्यसैले यसलाई मलाना क्रिम भनिन्छ । राज्यका अन्य भागमा पाइने चरेस यस्तो हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप