आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्यनको जन्मदिनमा मन्नतमा सन्नाटा, अघिल्लो वर्ष दुबईमा दिइएको थियो ‘बर्थडे पार्टी’

शुक्रबार, २६ कात्तिक २०७८, १६ : ५४
शुक्रबार, २६ कात्तिक २०७८

आर्यन खान आज अर्थात् नोभेम्बर १२ मा आफ्नो २४ औं जन्मदिन मनाइरहेका छन् । शाहरुख खान र गौरी खानका छोरा हालै जेलमुक्त भएका छन् । मुम्बई क्रुजमा छापामारीपश्चात् उनलाई पक्राउ गरिएको थियो । यसअघिका वर्षहरुमा आर्यन खान आफ्नो जन्मदिनमा साथीभाइसँग पार्टी गरिरहेको देखिन्थे । तर यसपटक भने यो दिन निकै भिन्न रह्यो । परिवारसँग निकट स्रोतले इन्डिया टुडेलाई दिएको जानकारी अनुसार यसवर्ष आर्यनको जन्मदिन निकै नै शान्त तरिकाले मनाइनेछ । उनकी बहिनी सुहाना खानले आर्यनलाई उनको विशेष दिनमा फेसटाइममार्फत् नै शुभकामना दिइन् ।

खान परिवारसँग नजिक स्रोतले भनेको छ, ‘आर्यनलाई चाहिएको स्पेस पर्याप्त मात्रामा दिइएको छ । उनले आशा गरेभन्दा राम्रो प्रगति गरिरहेका छन् । उनी क्रमिक रुपमा आफ्नो नियमित दिनचर्यामा फर्किरहेका छन् । उनको परिवारको उनको जन्मदिन सधैंं विशेष बनाउने गर्दथ्यो । पछिल्ला वर्षमा शाहरुखले उनलाई जन्मदिन मनाउन विदेश पठाउने गर्दथे, उनलाई मनपरेका ग्याजेट्सहरु उपहारमा दिन्थे । उनीसँगै कलेजमा पढ्ने साथीहरुले उनका लागि सरप्राइज बर्थडे पार्टीको आयोजना गर्दथे । तर यसवर्ष यस्तो हुने छैन । उनीहरुले मन्नतभित्रै साधारण तरिकाले जन्मदिन मनाउनेछन् । उनका बेलायत र अमेरिकाका साथीहरु उनीसँग  फेसटाइममा निरन्तर रुपमा सम्पर्क छन् । उनीहरुले पनि फेसटाइममार्फत् नै जन्मदिनमा सरिक हुने अनुमान गरिएको छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Gauri Khan (@gaurikhan)

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को निर्देशनअनुसार आर्यन खानाले प्रत्येक हप्ता शुक्रबार कार्यालयमा आफ्नो उपस्थिति जनाउनुपर्नेछ । यसपटक शाहरुख खानले पनि आफ्नो जन्मदिन मनाएनन् ।

स्रोतले भनेको छ, ‘जेलभित्रको अनुभव त छँदै छ, आर्यनलाई विशेषगरी जेल बाहिरको दृश्यले मानसिक रुपमा प्रभावित पारेको छ । जेलबाहिर पापाराजीले पछ्याएको र उनको नाम बोलाएको घटनाले उनी बढी प्रभावित छन् । परिवारले उनको काउन्सिलिङमा बढीभन्दा बढी ध्यान दिइरहेको छ । उनलाई सहज महसुस गराउन उनको परिवारले हरसम्भव प्रयास गरिरहेको छ । आर्यनलाई छिट्टै सार्वजनिक रुपमा देखिने सम्भावना पनि ज्यादै न्यून छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप