बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बीपी प्रतिष्ठानमा अनियमितता गर्ने पदाधिकारीलाई कारबाही गर्न सिफारिस

शुक्रबार, २६ कात्तिक २०७८, १७ : ३२
शुक्रबार, २६ कात्तिक २०७८

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भनिएको अनियमितताको छानबिन गर्न गठित समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । शुक्रबार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवालाई छानबिन समितिका संयोजक एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिवेदन बुझाएका हुन् ।

 स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार प्रतिष्ठानका पदाधिकारीलाई कारबाहीको सिफारिस गरिएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले पदीय मर्यादा अनुसार काम नगरको ठहर गर्दै पदाधिकारीलाई कारबाहीको सिफारिस गरिएको हो । 

 प्रतिष्ठानका पदाधिकारीले नियमविपरीत काम गरेको पाइएकाले कारबाही प्रक्रियालाई अगाडि बढाउन  छानविन समितिले सुझाव दिइएको छ । यस्तै प्रतिष्ठानका पदाधिकारीहरुले अनियमिता गरेको भन्दै त्यहाँ कर्मचारी, शिक्षक, विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । सहकुलपति मन्त्री खतिवडा संयोजकत्वमा बनेको समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप