आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीका ७ जिल्लामा ९७ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

शनिबार, २७ कात्तिक २०७८, २१ : ५८
शनिबार, २७ कात्तिक २०७८

नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानेको छ ।

प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२, मुस्ताङमा ४, म्याग्दीमा ९, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा ४ जनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका हुन् ।

त्यसैगरी तनहुँ, स्याङजा, पर्वत र पूर्वी नवलपरासी (नवलपुर)मा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप