आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै

आइतबार, २८ कात्तिक २०७८, ०८ : २२
आइतबार, २८ कात्तिक २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार  सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन गर्दा भक्तपुरमा विवाद भएका कारण सो जिल्लामा भने नेतृत्व चयन भएको छैन । 

राप्रपाको सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव भने मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप