आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कट्रिना र विक्कीको विवाहमा सलमान खान सरिक नहुने, यस्तै छ चर्चा

आइतबार, २८ कात्तिक २०७८, १० : २१
आइतबार, २८ कात्तिक २०७८

बलिउड नायिका कट्रिना कैफ र विक्की कौशलले चाँडै नै विवाह गर्न लागेको चर्चा व्यापक छ । खबरलाई विश्वास गर्ने हो भने यी दुईको ७ देखि ९ डिसेम्बरको बीचमा विवाह हुँदैछ । सेवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरामा दुबैले विवाहका लागि स्थान बुकिङ गरेको खबर छ । तयारी राम्रोसँग चलिरहेको छ छैन भनेर यी दुईका प्रतिनिधि विवाह स्थल पुगेको बताइएको छ । विवाहमा यी दुईका नजिकका आफन्त र सिमित साथीभाइको मात्रै उपस्थिति हुने बताइएको छ ।

सलमान कट्रिनाको विवाहको हिस्सा नबन्ने

जी न्यूजको रिपोर्ट अनुसार सलमान खान यी दुईको विवाहमा सरिक हुने छैनन् । यी दुईको विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई पठाइएको भारतीय सञ्चार माध्यममा खबर प्रकाशित छ । कट्रिना कैफको सलमान खानसँग पारिवारिक सम्बन्ध छ । तरपनि सलमान उनीहरुको विवाहमा उपस्थित नहुने सम्भावना अत्यधिक रहेको खबरमा उल्लेख छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Katrina Kaif (@katrinakaif)

इन्डिया टुडेका अनुसार थुप्रै मानिसहरु छन् जो यो सूचीमा समावेश हुँदैछन् । यी दुबैले इन्डिष्ट्रिका आफ्ना साथीहरु र मेन्टर्सलाई बोलाएका छन् । यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम समावेश छ । यसबाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सरिक हुनसक्छन् ।

 


कट्रिना कैफको रोका सेरेमनी निर्देशक कबिर खानको मुम्बईस्थित घरमा भएको थियो । कट्रिना, कबिर खानका निकै नजिक छन् र उनीसँग पारिवारिक सम्बन्ध छ । कट्रिनाले कबिरलाई राखी लगाउँछिन् । रोका सेरेमनीमा विक्की र कट्रिनाको परिवार समावेश भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप