रोल्पा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
आइतबार, २८ कात्तिक २०७८, १५ : ३७
रोल्पा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । घाइते ३ जनामध्ये माडी गाउँपालिका–६ की १८ वर्षीया लीला पुनको जिल्ला अस्पताल रोल्पा लैजाने क्रमममा मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
अर्का गम्भीर घाइते सोही स्थानकी २१ वर्षीया बिना घर्तीमगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको रानाले जानकारी दिए । अर्की घाइते कञ्चना विकको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।