सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सिमित
आइतबार, २८ कात्तिक २०७८, १६ : ०१
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि ओरालो लाग्न थालेको नेप्सेमा साढे १ तिर केही सुधार आएपनि फेरि घट्दै १ अंकले घटेको हो । साताको पहिलो कारोबार दिन नेप्से २७ सय अंकमा पुगेर फर्किएको छ । यसक्रममा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भइ ७४ लाख कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जानकारी दिएको छ ।
आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशतको बृद्धि आएको छ । सकरात्मक सर्किट लागेर बन्द भएको कम्पनीको सेयर मूल्यमा एक हजार ७५ रुपैयाँको सुधार आएको हो । यसपछि मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।