सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

आइतबार, २८ कात्तिक २०७८, १७ : ४०
आइतबार, २८ कात्तिक २०७८

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।  मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ ।

सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आलु लोड गरिएको बा ५ ख ६५६३ नं को आइचर ट्रक पाँचपोखरी थाङपाल तर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप