सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु (अपडेट)

सोमबार, २९ कात्तिक २०७८, १२ : ०७
सोमबार, २९ कात्तिक २०७८

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनामा परी  १२ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

१ नं प्रदेश प्रहरी कार्यलयका अनुसार  दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर  र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये ४ जनालाई  मुस्ताङको एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइते ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र बाँकी घाइतेलाई मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप