आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छोरीको जन्मदिन मनाउन मालदिभ्स पुगे अभिषेक–ऐश्वर्या, एक रातको १४ लाख तिर्नुपर्ने रिसोर्टमा बास

सोमबार, २९ कात्तिक २०७८, १६ : ५४
सोमबार, २९ कात्तिक २०७८

ऐश्वर्या राय र अभिषेक बच्चन आजकाल आफ्नी छोरी आराध्याको जन्मदिन मनाउनका लागि माल्दिभ्स गएका छन् । आराध्या १६ नोभेम्बरमा १० वर्ष पुग्नेछिन् । यो विशेष दिन मनाउनका लागि अभिषेक–ऐश्वर्याले मालदिभ्स छानेका छन् । उनीहरु त्यहाँ अमिला नामको विलासी रिसोर्टमा बसिरहेका छन् ।

एक रातको भाडा १४ लाख भारुः

हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ऐश्वर्याले रिसोर्टको फोटो सेयर गरेकी छिन् । अमिला रिसोर्टमा विभिन्न खालका भिल्ला छन् जसमा रीफ वाटर पूल भिल्ला, सनसेट वाटर पूल भिल्ला, लगून वाटर पूल भिल्ला र मल्टी बेडरुम रेजिडेन्स समावेश छन् । थुप्रै विलामा नीजि पूल र सी भ्यू पनि समावेश छ जहाँ एक रातको ७६००० देखि १४ लाख भारुसम्म तिर्नुपर्छ ।

ऐश्वर्याले रिसोर्टको जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा ट्वीन स्विमिङ पुल र प्राइभेट बीच देखिएका ेछ । अभिषेकले पनि बीचबाट एउटा तस्बिर इन्स्टाग्रामा सेयर गर्दै लेखेका थिए, ‘ब्यूँझनका लागि खराब दृश्य होइन ।’

मालदिभ्समा मनाइएको थियो ऐश्वर्याको जन्मदिनः

यसअघि यसै महिना १ नोभेमबरमा पनि ऐश्वर्या रायको ४८ औं जन्मदिनमा अभिषेकले उनी र आराध्यालाई मालदिभ्स लिएर गएका थिए । यी तिनैजनाको फोटो सार्वजनिक भएको थियो जुन निकै चर्चाको विषय बनेको थियो । स्मरण रहोस्, ऐश्वर्या र अभिषेकले २० अप्रिल २००७ मा विवाह गरेका थिए । विवाहको चार वर्षपछि १६ नोभेम्बर, २०११ मा छोरी आराध्याको जन्म भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप