बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघका पूर्व अध्यक्ष झाको मैथिली तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

सोमबार, २९ कात्तिक २०७८, २० : २९
सोमबार, २९ कात्तिक २०७८

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका सङ्ग्रह सार्वजनिक गरेका हुन्। झाले ११२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशन नेपालवाणी मिडिया ग्रुप प्रालिले गरेको छ।

यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरेको बताए। पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता सङ्ग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु सङ्ग्रह) र धुवाँएल आकृतिसभ (छौक सङ्ग्रह) प्रकाशित भइसकेका छन्।  यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप