सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भरतपुरका मेयर र कतारी राजदूतबीच द्विपक्षीय हितको विषयमा छलफल

सोमबार, २९ कात्तिक २०७८, २० : ५१
सोमबार, २९ कात्तिक २०७८

भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच आज भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । 

राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर  स्थानीय  सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप