रुसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर
सोमबार, २९ कात्तिक २०७८, २२ : १२
रूसले कोभिड–१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सैन्य प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार सो कुराको जानकारी दिएका छन् ।
‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ, जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएको छ’ शुगाएभले भनेका छन् ।