आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आमा बंगाली र पिता थिए जर्मन, तरपनि किन मुस्लिम थर राख्छिन् दिया मिर्जा ?

मङ्गलबार, ३० कात्तिक २०७८, ११ : १७
मङ्गलबार, ३० कात्तिक २०७८

बलिउडकी सुन्दर र प्रतिभाशाली नायिका दिया मिर्जालाई फिल्म ‘रहना हे तेरे दिल मे’ की नायिकाको रुपमा धेरैले चिन्दछन् । दियाले भलै कमै फिल्ममा काम गरेपनि ती सबैमा उनको कामको असाध्यै तारिफ भयो । नायिकालाई सधैं सुन्दरताको मामिलामा अब्बल मानिन्छ । उनलाई रुचाउनेका लागि उनी सुपरस्टार भन्दा कम छैनन् । अन्तिम पटक उनलाई सन् २०१८ मा रिलिज भएको फिल्म सञ्जुमा देखिएको थियो ।

आमा–बुवाको सम्बन्धविच्छेद भएको थियोः

दियाका पिता जर्मन थिए । उनको नाम फ्रेंक हेडरिच थियो । दिया ९ वर्षकी हुँदा उनका आमा–बुवाको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि दियाकी आमाले पछि अजिज मिर्जाको नामका व्यक्तिसँग विवाह गरिन् । दिया अजिज मिर्जासँग निकै नजिक थिइन् ।

दियाले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘अजिज मिर्जाले कहिल्यै मेरो वास्तविक पिता फ्रेंक हेडरिचको स्थान लिने कोसिस गरेनन् । यसैकारण म उनलाई असाध्यै प्रेम गर्दथेँ ।’

दियाले हेडरिचले आफ्नो सौतेनी पिता अजिन मिर्जाको प्रेमका कारण नै आफ्नो थर परिवर्तन गरेर मिर्जा राखिन् ।

यसबारे कहिल्यै सोचेकी थिइनँः

यस्तै दियाले १८ वर्षको उमेरमा नै सन् २००० मा मिस एशिया प्यासिफिकको उपाधि आफ्नो पोल्टोमा पारेकी थिइन् । आफूले यसबारे कहिल्यै नसोचेको भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा दियाले भनेकी थिइन् । यसबारे उनले भनेकी थिइन्, ‘मलाई एकजना साथीले फोन गरेर मिस इन्डियाको अडिसनबारे जानकारी दिएका थिए, त्यसपछि म त्यहाँ पुगेँ ।’

उनले थपिन्, ‘म यसमा छनोट भएपछि खान, बस्न र यात्रा गर्नका लागि मैले पैसा तिर्नुपर्ने जानकारीसहित फोन आयो । त्यो पैसा मैले आफैंले कमाएर दिएँ । ’

उनी १६ वर्षको हुँदा एउटा मल्टिमिडिया कम्पनीमा काम गर्न सुरु गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप