बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अल्का आईभीएफ सेन्टरमा थप सुविधासहित सेवा विस्तार

बिहीबार, ०२ मङ्सिर २०७८, १७ : ३१
बिहीबार, ०२ मङ्सिर २०७८

जावलाखेलस्थित अल्का अस्पताल प्रालिले थप सुविधासहित आईभीएफ सेवा विस्तार गरेको छ । अत्याधुनिक ल्याबसहित अल्का आईभीएफ सेन्टर संचालनमा ल्याएको अस्पतालले जानकारी दिएको छ । ‘हामीले, विशेषज्ञहरू भित्र्याएर अल्का आईभीएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले सेन्टर सञ्चालनमा ल्याएका हौं, 'विभिन्न कारण सन्तान नभएकाहरूलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं ।’

अल्का अस्पतालले सेवाग्राहीहरूलाई आईभीएफ सेवा अन्य अस्पतालहरूको तुलनामा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ । मंसिर १ गते विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आईभीएफ सेवा विस्तार गरेको हो । आईभीएफ सेन्टरबाट टेष्ट ट्युब बेबीका साथै स्त्री रोग तथा प्रसूति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ । 

आईभीएफ के हो ?

कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाइजेशन आईभीएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । यो प्रविधिलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ 
यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ । यसपछि निषेचित अन्डा महिलाको गर्भाशयमा राखिन्छ । विश्वमा पहिलोपटक यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए।  

यस प्रक्रियाबाट जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो, जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो । नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो । नेपालको पहिलो टेष्ट ट्युब बेबी ओममणी तामाङ हुन् । उनको जन्म २०६१ साल फागुन २० गते भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप