बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तीन डाक्टर १२औँ तहमा बढुवा

बिहीबार, ०२ मङ्सिर २०७८, २० : ३२
बिहीबार, ०२ मङ्सिर २०७८

सरकारले तीन जना डाक्टरलाई १२औँ तहमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्यामसुन्दर यादव, डा. भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई १२औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औँ तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।

यस्तै सरकारले विद्युत् मर्मत र प्रसारण क्षमताको विस्तारका लागि भन्दै विश्व बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । मठमन्दिरमा हुने पशु वधलाई न्यूनीकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप