सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउँदै

शुक्रबार, ०३ मङ्सिर २०७८, १३ : २१
शुक्रबार, ०३ मङ्सिर २०७८

योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउने भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु यहाँ आउने भएको आचार्य वालकृष्णका भाइ डा.पवमान सुवेदीले जानकारी दिए ।

स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेको सुवेदीले बताए ।

“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उनले भने, “बुबाको चौरासी पूजा सँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप