सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलेफी–सुकुटे सडकखण्डमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

शनिबार, ०४ मङ्सिर २०७८, १४ : ३७
शनिबार, ०४ मङ्सिर २०७८

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ५ ख ४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१ प ०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप