सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वर्षा, केकी र प्रियंकामध्ये को बन्ला उत्कृष्ट अभिनेत्री ?

मङ्गलबार, २१ कात्तिक २०७४, १८ : ५३
मङ्गलबार, २१ कात्तिक २०७४

काठमाडौं  । सिने मासिक कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण पुसमा आयोजना गर्ने भएको छ । युनिलिभिर नेपालको उत्पादन लक्सको समेत सहकार्य रहने ‘ कामना फिल्म अवार्डस् २०७४’को मनोनयन सूची सार्वजनिक गरिएको छ ।

३२ विधा रहेको अवार्डमा गत बर्षको सफल चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ । यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक मनोयनमा परेका छन् ।

त्यसै गरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको निर्देशनमा बनेको जात्रा र गाजलु १४÷१४ विधाको मनोयनमा परेको छ । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लुट–२ एघार विधाको मनोयनमा परेको छ । आकाश अधिकारीद्धारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ ।

अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) समेत दिइनेछ । निर्णायक मण्डलको निर्णयका आधारमा एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेत्री तथा सृष्टी नवअभिनेत्रीको मनोनयनमा समेत छन् ।

वर्षा चलचित्र छक्का पञ्जाबाट सहअभिनेत्री विधाको मनोनयमा पनि छिन ्। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन् । अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ । 

–तेस्रो संस्करणको अवार्ड फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताए ।

– अवार्ड संयोजक दिरेकलाल श्रेष्ठले दुई संस्करणका अवार्डको अनुभवबाट तेस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने बताउए ।

कामना फिल्म अवार्डस् २०७४ को मनोनय सूचि

विधाः सर्वोत्कृष्ट चलचित्र    
छक्का पञ्जा
डाईङ क्यान्डल
गाजलु
जात्रा
के म तिम्रो होइन र 

विधाः सर्वोत्कृष्ट निर्देशक
सुवर्ण थापा – बाटो मुनिको फूल २
दिपेन्द्र के खनाल – चपलि हाइट २
हेमराज बिसी – गाजलु
आकाश अधिकारी – के म तिम्रो होइन र
निश्चल बस्नेत – लुट २

विधाः सर्वोत्कृष्ट अभिनेता
दयाहाङ राई – विर विक्रम
अनमोल केसी – गाजलु
विपीन कार्की – जात्रा
निखिल उप्रेती – निर्भय
सौगात मल्ल – शब्द

विधाः सर्वोत्कृष्ट अभिनेतृ
प्रियंका कार्की – छक्का पञ्जा
सृजना सुब्बा – डाइङ क्यान्डल
वर्षा राउत – जात्रा
केकी अधिकारी – लभ सासा
नीता ढुंगाना – निर्भय

विधाः सर्वोत्कृष्ट सहअभिनेता
टिका पहाडी – बाटो मुनिको फूल २
जितु नेपाल – छक्का पञ्जा
शिवहरी पौडेल – छक्का पञ्जा
गौरव पहाडी – गाजलु
रविन्द्र बानियाँ – जात्रा
 
विधाः सर्वोत्कृष्ट सहअभिनेतृ
सुभद्रा अधिकारी – बाटो मुनिको फुल २
वर्षा राउत – छक्का पञ्जा
मेनुका प्रधान – गाजलु
गौरी मल्ल – होमवर्क
सविना गोपाली – के म तिम्रो होइन र 

विधाः सर्वोत्कृष्ट खलपात्र
ध्रुव कोईराला – बाजिगर
अर्पण थापा – विर विक्रम
दीपकराज गिरी – छक्का पञ्जा
कमलमणि नेपाल – जात्रा
कामेश्वर चौरासिया – पलास

विधाः सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा
रविन्द्र झा – जात्रा
दयाहाङ राई – लुट २
सलोन बस्नेत – गाजलु
बुद्धि तामाङ – छक्का पञ्जा

विधाः सर्वोत्कृष्ट नवनिर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
नरेश कुमार केसी – डाइङ क्यान्डल
प्रदीप भट्टराई – जात्रा
रोज राणा – जय परशुराम
सन्तोष सिवाकोटी – शब्द

विधाः सर्वोत्कृष्ट नवअभिनेता
सुगम गुरागाईं – ब्रासलेट
आयुषमान देशराज श्रेष्ठ – चपलि हाइट २
आर्यन अधिकारी – के म तिम्रो होइन र 
पृथ्वीराज प्रसार्इं – किस्मत २
सञ्जय गुप्ता – सफर

विधाः सर्वोत्कृष्ट नवअभिनेत्री
दीया पुन – विर विक्रम
सृष्टि श्रेष्ठ – गाजलु
नम्रता श्रेष्ठ – गाँठो
मरिष्का पोखरेल – के म तिम्रो होइन र
कमली वाइबा लामा – शब्द

विधाः सर्वोत्कृष्ट बालकलाकार
लाक्पा सिंघे तामाङ – डाइङ क्यान्डल
अरविन्द खड्का – जात्रा
अंग्रकित खड्का – लुट २
प्रसिद्धि भट्टराई – निर्भय
अनुभव रेग्मी – शब्द

विधा ः कथा
यश कुमार – बाटो मुनिको फूल २
दीपकराज गिरी – छक्का पञ्जा
नरेशकुमार केसी – डाइङ क्यान्डल
हेमराज विसी – गाजलु
शिवम अधिकारी – होमवर्क

विधा ः पटकथा
यश कुमार – बाटो मुनिको फुल २
दीपकराज गिरी – छक्का पञ्जा
नरेशकुमार केसी – डाइङ क्यान्डल
हेमराज विसी – गाजलु
प्रदीप भट्टराई – जात्रा

विधा ः संवाद
यश कुमार – बाटो मुनिको फुल २
दीपकराज गिरी÷केदार घिमिरे÷जितु नेपाल – छक्का पञ्जा
हेमराज बिसी – गाजलु
प्रदीप भट्टराई – जात्रा
यम थापा – शब्द 

विधाः सर्वोत्कृष्ट गीतकार
सुरेश प्राञ्जली – बाटो मुनिको फुल २÷नरुने आँखा    
अर्जुन पोखरेल – किस्मत २÷यी आँखा लैजाउ
दयाराम पाण्डे – पलास÷तिमी साथमा
डा. कृष्णहरी बराल – शब्द÷हरपल
उत्तम भौकाजी – सफर÷प्रियतमा

विधाः सर्वोत्कृष्ट संगीतकार
तारा प्रकाश लिम्बु – विर विक्रम÷हारें हारें
राजनराज शिवाकोटी – छक्का पञ्जा÷पूर्व पश्चिम रेल
कालिप्रसाद बासकोटा – लुट २÷ठमेल बजार
अर्जुन पोखरेल – निर्भय÷यो दुनिया“
बसन्त सापकोटा – राधा÷छपक्कै

विधाः सर्वोत्कृष्ट पाश्र्व गायक
ताराप्रकाश लिम्बु – विर विक्रम÷हारे“ हारे“
राजनराज शिवाकोटी – छक्का पञ्जा÷पूर्व पश्चिम रेल
कृष्ण काफ्ले – छक्का पञ्जा÷सुन न चम्पा
प्रताप दास – के म तिम्रो होइन र÷पागल
युवराज चौलागाईं – पलास÷तिमी साथमा
स्वरुपराज आचार्य – शब्द÷हरपल

विधाः सर्वोत्कृष्ट पाश्र्व गायिका
जलजला परियार – बाटो मुनीको फुल २÷केही कदम
मिलन अमात्य – हाउ फन्नी÷यो के हो
अञ्जु पन्त – किस्मत २÷यी आँखा लैजाउ
मिना निरौला – लुट २÷ठमेल बजार
मेलिना राई – राधा÷छपक्कै 

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशन
कविराज गहतराज – छक्का पञ्जा÷पूर्र्व पश्चिम रेल
रामजी लामिछाने – किङ÷अधुरो
कविराज गहतराज – किस्मत २÷तिम्रो पिक्चर हिट
विक्रम स्वा“र – लुट २÷ठमेल बजार
कविराज गहतराज – राधा÷छपक्कै

विधा ः पश्र्व संगीत
डिजे एलएक्स – बाटो मुनिको फुल २
सुजिल कर्मचार्य – छक्का पञ्जा
एलिष कार्की – लुट २
रोहित शाक्य÷शैलेश श्रेष्ठ – जात्रा
एलिश कार्की – के म तिम्रो होइन र 

विधाः सर्वोत्कृष्ट द्वन्द्व निर्देशन
चन्द्र पन्त – जय परशुराम
हिमाल केसी – के म तिम्रो होइन र 
रोशन श्रेष्ठ – किङ
चन्द्र पन्त – किस्मत २
राजकुमार उप्रेती – लुट २

विधाः छायांकन
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
निरज कँडेल – चपलि हाइट २
रविन आचार्य – डाइङ क्यान्डल
शैलेन्द्र डि कार्की – गाजलु
पुरुषोत्तम प्रधान – लुट २
शिव ढकाल – शब्द

विधा ः सम्पादन
विपीन मल्ल – छक्का पञ्जा
भुपेन्द्र अधिकारी – डाइङ क्यान्डल
सुरेन्द्र पौडेल – गाजलु
मित्र डि गुरुङ – जात्रा
सुरेन्द्र पौडेल – लुट २
विधा – श्रृंगार 
सरोज बुढाथोकी – डाइङ क्यान्डल
सरोज बुढाथोकी – गाजलु
शिवराम केसी – जात्रा
ईश्वर श्रेष्ठ – के म तिम्रो होइन र 
अमृत मरहठ्ठा – लुट २

विधा ः ध्वनी मिश्रण
उत्तम न्यौपाने – गाजलु
सुनयमान श्रेष्ठ – छक्का पञ्जा
उत्तम न्यौपाने – चपलि हाईट २
मनोज राजभण्डारी – जात्रा
एलिश कार्की – के म तिम्रो होइन र

विधाः लक्स पपुलर च्वाइस अवार्ड
वर्षा राउत
केकी अधिकारी
प्रियंका कार्की
ऋचा शर्मा
सृष्टि श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप