आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन सुरक्षाका लागि ‘गोप्य’ स्वयंसेवक परिचालन गरिने, देखिने स्वयंसेवक ५ हजार (भिडियो)

सोमबार, ०६ मङ्सिर २०७८, १३ : ३४
सोमबार, ०६ मङ्सिर २०७८

चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ५ हजार स्वयंसेवक परिचालन गरिने भएको छ । एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मंसिर १० गते उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिए । 

यस्तै मंसिर ११ र १२ गते चितवनको सौराहामा हुने महाधिवेशनको बन्द सत्रमा भने ५ सय स्वयंसेवक परिचालन गरिनेछ । बन्द सत्रमा पार्टीको नेतृत्व र महाधिवेशन प्रतिनिधि गरेर २२ सय हाराहारी मात्रैको उपस्थिति हुने भएकोले स्वयंसेवकको संख्या कम हुने संयोजक श्रेष्ठले रातोपाटीलाई बताए । 

यस्तै महाधिवेशन अवधिमा नेता तथा कार्यकर्ताको सुरक्षाका लागि गोप्य स्वयंसेवक परिचालन गरिने उनले बताए । उनले भने–‘महाधिवेशनको अवधिमा कहाँ–कहाँ केके भइरहेको छ, त्यसबारे सूचनाका लागि हामीसँग ‘अनसिन’ स्वयंसेवकहरु पनि छन् । हामीले त्यसमा सुरक्षा विज्ञहरुलाई पनि समावेश गरेका छौँ ।’

संयोजक श्रेष्ठले सुरक्षाका लागि सुरक्षाकर्मीसँग पनि सहकार्य गर्ने र गोप्य रुपमा आन्तरिक स्वयंसेवक पनि राख्ने जानकारी दिए । महाधिवेशनका लागि पार्टीको विभिन्न भातृ संगठनबाट स्वयंसेवक तयार पारिने श्रेष्ठले बताए । 
हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप