सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : रुपन्देही क्षेत्र नम्बर ३ मा मतदान स्थगित

सोमबार, ०६ मङ्सिर २०७८, २१ : २४
सोमबार, ०६ मङ्सिर २०७८

काँग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनका क्रममा रुपन्देही क्षेत्र नम्बर ३ मा विवादपछि मतदान स्थगित भएको छ । मतदानको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा मतदान प्रक्रिया नै स्थगित गरिएको हो ।

निकै ढिलो गरी मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृकाप्रसाद यादवसहितको समूहले मतदान ढिलो भएको भन्दै बहिष्कार गरेको थियो ।

अबेर मतदान गर्दा सुरक्षा हुन नसक्ने जनाउँदै यादवले आफूहरुले मतदान बहिष्कार गरेको जनाए । यादव समूह बाहिरिएपछि निर्वाचन मण्डलले एक पक्षीय रुपमा मतदान गराउन उपयुक्त नहुने भन्दै स्थगित गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप