सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा देउवा पक्षको क्लिन स्विप, जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित

बुधबार, ०८ मङ्सिर २०७८, १३ : ०८
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुरको गृहजिल्ला सुर्खेतमा संस्थापन इत्तर पक्ष क्लिन स्विप भएको छ ।  सुर्खेतको दुईवटा प्रतिनिधिसभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षले क्लिन स्विप परेको छ । संस्थापन इत्तर पक्ष निक वर्तमान जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुइ जिल्ला सभापति रेग्मी र पूर्वमन्त्री  शिवराज जोशी पराजित भएका छन् । रेग्मीले ३२० र जोशीले ३१० मत प्राप्त गरेका छन् । दुवैजना रामचन्द्र पौडेल पक्षका हुन्  । सुर्खेतमा महामन्त्री खड्का र केन्द्रीय सदस्य हृदयराम थानी समूह छुट्टाछुट्टै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रमा खड्का सभापति शेरबहादुर देउवा पक्षमा छन् भने थापा पौडेल समूहमा रहेका छन् । 

स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि क्षेत्र नम्बर १ बाट महामन्त्री खड्का पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।  ८ सय ७४ मत खसेकोमा खड्काले ७ सय ३६ मत पाए । सुर्खेतको दुवै क्षेत्रका सबै महाधिवेशन प्रतिनिधि खड्कानिकट प्यानलले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप