सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैलाली–५ बाट धनगढीका मेयर सर्वाधिक मतका साथ काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

बुधबार, ०८ मङ्सिर २०७८, २० : ५२
बुधबार, ०८ मङ्सिर २०७८

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय अधिवेशनले धनगढी उपमहानगरका मेयर नृप वडलाई सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

जिल्ला प्रचार प्रसार समिति संयोजक नृप सुनारका अनुसार वडले ५२८ मतमध्ये ३७७ मत ल्याएका छन् । यस्तै कैलाली जिल्लाका काँग्रेस सभापतिसमेत रहेका नरनारायण शाह ३६२ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा विजयी हुने अन्यमा क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्ण बहादुर महरा, नारायण भट्ट, उद्धव बिष्ट र हरिश खड्का छन् । प्रत्यक्ष महिलातर्फ डम्बरी महरा (रक्षा), निपा चोखाल, पुष्पा भट्ट, रिता भण्डारी विजयी भएका छन् । समावेशी अपाङ्ग तथा मधेसीमा धर्मराज ओझाले २२४ मत ल्याएर विजयी भएको सुनारले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप