आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कैलाली–५ को काँग्रेस सभापतिमा भीम पडाल विजयी

बिहीबार, ०९ मङ्सिर २०७८, १० : ४५
बिहीबार, ०९ मङ्सिर २०७८

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । उनी २९६ मत ल्याएर विजयी भएका हुन । प्रत्यासी सन्तोष मुडभरीलाई १६३ मतान्तरले हराउँदै पडाल सभापतिमा विजयी भएको नेपाली काँग्रेस प्रचार प्रसार समितिका जिल्ला संयोजक नृप सुनारले रातोपाटीलाई जानकारी दिए ।

यस्तै सचिवमा विजयराज जोशी र महेश गोले विजयी भएका छन् । कार्य समितिमा पडालको प्यानल नै विजयी भएको उनले बताए । महाधिवेशन प्रतिनिधिमा नृप वड, नरनारायण शाह, क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्णबहादुर महरा, नारायण भट्ट, उद्धब बिष्ट र हरिश खड्का विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप