सवारी ज्यान मुद्दामा फरार एक जना २० वर्षपछि पक्राउ
बिहीबार, ०९ मङ्सिर २०७८, ११ : २६
काठमाडौंको नक्सालबाट प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ छन् ।
पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक निरन्जन दत्त भट्टले जानकारी दिए ।