तनहुँ काँग्रेसको सभापतिमा न्यौपाने र आलेबीच प्रतिस्पर्धा हुने
नेपाली काँग्रेसको तनहुँ जिल्ला कार्यसमितिको सभापतिमा दुई जना आकांक्षीका बीच प्रतिस्पर्धा हुने भएको छ । मंसिर ११ गते हुने अधिवेशनमा अहिलेका जिल्ला सभापति वैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आलेबीच प्रतिस्पर्धा हुने भएको हो । दुवै समूह प्यानलसहित चुनावमा जाने भएका छन् ।
न्यौपाने स्थानीय निर्वाचनमा ब्यास नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आलेलाई पार्टीले कार्यवाहक सभापति बनाएको थियो । न्यौपानेको टीमबाट उपसभापतिमा उदयराज गौली र बालकृष्ण घिमिरे उम्मेदवार बनेका छन् । यस्तै, सचिवमा किसान गुरुङ र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेश खनाल छन् ।
त्यसैगरी आलेको टिमबाट उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । सचिवमा भने सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारीले उम्मेदवारी दिएका छन् ।