सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : स्याङ्जाको सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता

बिहीबार, ०९ मङ्सिर २०७८, २१ : २८
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङ्जा जिल्लाको सभापतिमा दुई जनाले मनोनयन दर्ता गराएका छन । शुक्रबार हुने निर्वाचनका लागि नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवत प्रकाश मल्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेता रामचन्द्र पौडेल पक्षबाट राजु थापाको उम्मेदवारी दर्ता गराएका छन् । थापा संविधानसभा सदस्य हुन् । मल्ल स्याङ्जा–२ को  ‘ख’ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । 

सभापतिका आकांक्षी थापाले महाधिवेशनमा देउवा र पौडेल समूहभन्दा बाहिर छुट्टै समुह बनाएर चुनाव लडेका थिए । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट मानिने थापाले स्याङ्जा–१ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा २३ जना आफू निकटका उम्मेदवारलाई जिताउन सफल भएका थिए ।

उनले क्षेत्र नम्बर २ का २५ जना महाधिवेशन प्रतिनिधिमध्ये आफ्ना निकटका ७ जनालाई जिताएका छन् । काँग्रेसको केन्द्रीय उपसभापति भएका गोपालमान श्रेष्ठको किल्ला मानिने स्याङजामा पछिल्लो समय आफनो प्रभाव बढाएका थापाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।

थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् । सचिवमा रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् । सहसचिवमा रोशन दर्जी र दीनबन्धु पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

सभापतिका उम्मेदवार मल्लको टीमबाट उपसभापतिमा नारायणप्रसाद पौडेल र शेरबहादुर थापाले उम्मेदवारी दिएका छन् । सचिवमा बुद्धिप्रसाद भण्डारी र दामोदर लम्साल उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप