आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेताहरु जाममा फसेपछि एमाले केन्द्रीय कमिटी बैठक प्रभावित

शुक्रबार, १० मङ्सिर २०७८, ०३ : ००
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेका नेताहरु ट्राफिक जाममा फसेपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । नारायणगढदेखि सौराहासम्मको सडकमा ट्राफिक जाम भएपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको हो । ट्राफिक जाममा फसेपछि एमालेका सबै नेताहरु बैठकस्थलमा आइसकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकस्थलमा आइपुगेका छैनन् । 

चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्दैछ । अहिले नेताहरु आउने क्रम जारी छ । भोलिबाट बन्द सत्र सुरु हुनेछ ।  यो ९ औं  महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप