किन ढिला भयो एमालेको बन्दसत्र ?
शनिबार, ११ मङ्सिर २०७८, १३ : ०५
एमालेको बन्द सत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र १ बज्दासम्म सुरु हुन नसकेको हो । एमालेमा सहमतिको प्रयास भैरहेको र सहमति नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो ।
एमालेमा मूलतः भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । नेता अग्नि खरेलले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
अन्य पदमा पनि आकांक्षी धेरै हुँदा सहमति गर्न सकस भएको स्रोतले बताएको छ । बन्द सत्र होटल ८ स्टारमा हुने जनाइएको छ । ओली बसेको सफारी पार्कमा सहमति जुटाउन प्रयास जारी छ ।