मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हत्या आरोपमा फरार २ जना आरोपित १२ वर्षपछि पक्राउ

शनिबार, ११ मङ्सिर २०७८, १३ : ३५
शनिबार, ११ मङ्सिर २०७८

रामेछापबाट हत्या आरोपमा फरार रहेको दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले रामेछापको राकाथुमबाट ५९ वर्षीय ज्ञान बहादुर तामाङ र काभ्रेको धुलिखेलबाट ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो । 

उनीहरुमाथि २०६६ साल असोज १८ गते रामेछापको खाँडादेवी गाउँपालिका–१ का २९ वर्षीय निखिल भनिने तीर्थमान दोङ (तामाङ) को खुकुरी र तरबार प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि जिल्ला अदालतमा म्याद थपेर थप अनुसन्धान गरिनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप